सांसद ठगुन्नाद्धारा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण 

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

सांसद ठगुन्नाद्धारा  स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण 

ललित सामन्त,फागुन १४ दार्चुला । दार्चुलाबाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाले स्वास्थ्य विमा कार्यक्रम अगाडी बडाउनु पर्ने माग राख्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्नु भएको छ । 
 बुधबार प्रतिनिधि सभामा बोल्दै दार्चुला बाट निर्वार्चित सांसद ठगुन्नाले पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा सांसद खगराज अधिकारीले ल्याएको स्वास्थ्य विमा कार्यक्रम देशव्यापी रुपमा अगाडी बडाउनु पर्ने र नियम कानुन सहि ढंङग बाट आमजनता समक्ष पुगाउनु पर्ने बताउका छन् ।
 यस्तै स्वास्थ्य विमा कार्यक्रम आम जनता समक्ष पुगाउन सके स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी हुने बताएका छन् । यस्तै संसदमा बोल्दै दार्चुला बाट निर्वार्चित सांसद गाण्ेश सिह ठगुन्नाले दुर्गम र हिमाली जिल्लाहरुमा बस्ने गरीब जनताहरुका लागि बढि चासोको विषय भएकाले पनि चाडो भन्दा चाडो उचित निमय कानुन बनाइ गरीव जनताका हितमा यो स्वास्थ्य विमा कार्यक्रम ल्याउनु ल्याउनु पर्ने बताएका छन् ।

 जहाँ यातायातको सुविधा छैन जहाँ विरामी मान्छेलाई बोकेर २ ÷३ दिनको बाटो हिडेर  स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने अवस्था छ ती क्षेत्रका जनताहरु यस कार्यक्रम बाट बढी लाभान्वित हुने बताएका छन् । यस्तै संसदमा बोल्दै  ठगुन्नाले अगामी दिनमा स्वास्थ्य मन्त्रालयको राजनितिक नेतृत्व र प्रशासनिक नेतृत्वले स्वास्थ्य  संस्थाहरुको स्थापना गर्ने सवालमा पहिलो प्राथमिकता दुर्गम क्षेत्र ,हिमाली क्षेत्र र पहाडी जिल्लाहरुमा दिनुपर्ने बताएका छन् ।