प्रदेश सांसदहरुले क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्ने 

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

प्रदेश सांसदहरुले क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्ने 

ललित सामन्त,फागुन १४ दार्चुला ।  प्रदेश सांसदहरुले क्षेत्रीय भलिबल  प्रतियोगिता उद्घाटन गर्ने भएका छन् । 
दार्चुला बाट निर्वार्चित प्रदेश क्षेत्र नम्बर १ का  सांसद  गेल्बु सिह बोहरा र प्रदेश क्षेत्र नम्बर २ अर्का प्रदेश सांसद मान बहादुर धामी सन्तोषले यहि फागुन १७ गते देखि २० गते सम्म सन्चालन हुने क्षेत्रीय भलिबल प्रतियोतिगाको उद्घाटन गर्ने भएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दयालले बताउनु भयो । 
 राष्ट्रका लागि खेलकुद स्वाथ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि फागुन १७ देखि २० गते सम्म दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ४ खलंगा स्थित खुल्ला मञ्चममा हुन लागेको क्षेत्रीय प्रतियोगितामा सुदुरपश्चिमका नौ वटै जिल्लाहरु बाट भलिबल खेलाडीहरु आउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायाण दयालले बताए । दयालका अनुसार “हामीले अन्य खेलहरु पनि खेलाउनको लागि सोच हुदाँहदै पनि फिल्डको अभावका कारण अन्य खेलहरु खेलाउन नसकेको अध्यक्ष दाहालले बताउनु भयो । जिल्लामा आठौ रास्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल सन्चालन हुने उनले बताए ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्न दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली , अछाम, डोटी, बझाङ, बाजुराका पुरुष भलिबल खेलाडीहरु क्षेत्रीय खेल खेल्नका लागि दार्चुला आउने पनि जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ । साथै बाहिर बाट आउने खेलाडीहरुको खाने, बस्ने ब्यवस्था क्षेत्रीय खेलकुद बिकास समितिले नै गर्ने उनले जानकारी दिए ।
दार्चुलालाई खेलकुद मार्फत पर्यटन प्रवद्वन तथा खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद बिकास समिति दार्चुलाले जनाएको छ ।