दार्चुलाको राताकाठा क्षेत्रमा सुख्खा पहिरो खस्दा १ जनाको ज्यान गयो ,अन्य ६ जना घाइते 

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

दार्चुलाको राताकाठा क्षेत्रमा सुख्खा पहिरो खस्दा १ जनाको ज्यान गयो ,अन्य ६ जना घाइते 

दृष्टिकोण समाचार  फागुन १४ दार्चुला । निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । 
 दार्चुलाको दुहु गाउँपालिका वाड नम्बर ३  मा पर्ने राताकाठा क्षेत्रमा हिजो राती ११ः ३० वजेतिर माथिबाट सुख्खा पहिरो खस्दा दार्चुलाको नौगाड गाउँपालिका वाड नम्बर ४ का रघुविर सिह धामीको मृत्यु भएको छ । 
भने अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते हुनेमा नौगाड गाउँपालिका वाड नम्बर ४ सिप्टीका वर्ष ६०का उदारो ठगुन्ना, सोही ठाउँका वर्ष ३२ का नरेन्द्र ठगुन्ना यस्तै नौगाड ४ का हर्क धामी,नौगाड ४ का वर्ष ३७ का आन सिह ठगुन्ना,सिप्टी ४ कै वर्ष मान सिह ठगुन्ना भने घाइते भएका छन् ।  घाइते ६ जनाको अवस्था सामान्य रहेको र उनीहरको उपचार जिल्ला अस्पताल कार्यालय दार्चुलामा भइरहेको छ ।पहिरोमा परी   ४ चार वटा बाख्रा पुरीएको पनि प्रहरीले जनाएको छ। 
हिजो राती नौगाड ४ बाट व्यासँ तर्फ भेडा बाख्रा लग्ने क्रममा दार्चुलाको दुहु गाउँपालिका वाड नम्बर ३  क्षेत्रमा पर्ने राताका क्षेत्रमा सुख्खा पहिरो खसेपछि उतm घटना घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकको छ । हिजो राती नै ब्रहमदेव प्रहरी चौकीको टोली र जिल्ला प्रहरीको सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेका हुन । घटनाको थप विवरण भने आउन बाकी रहेको छ ।