नेपाल—भारत जोड्ने लाली पुलको स्थलगत निरक्षण, दुई देशका अधिकारी बिच के के भए समझौता ?

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

नेपाल—भारत जोड्ने लाली पुलको स्थलगत निरक्षण, दुई देशका अधिकारी बिच के के भए समझौता ?

सुलाेचना महता, फागुन १३ दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाल—भारत जोड्ने लाली पुलको नेपाल र भारतका अधिकारीहरुले सोमबार स्थलगत निरक्षण गरेका छन् । नेपाल भारत जोड्ने लाली पुल निमार्ण सम्पन्न भएको लगभग ढाई महिना बिति सक्दा पनि सञ्चालनमा नआएको हुदाँ नेपाल—भारतका अधिकारीहरुले उक्त पुलको निरक्षण गरेका हुन् । 

दुबै देशका अधिकारीहरुले पुलको स्थलगत निरक्षण गरी भारतको तर्फबाट पुलको किनारामा बाटो निर्माण र सुरक्षा चेकपोष्ट तत्काल निर्माण गरी पुललाई सञ्चालनमा ल्याउने सहमति भएको छ । त्यस्तै नेपाल तर्फ लेकम गाउँपालिकाले चालु आर्थिक वर्षमा बाटो निर्माणका लागि छुट्याएको २ लाख बजेट भारत तर्फको बाटो तथा चेकपोष्ट निर्माणमा खर्च हुने सहमति भएको छ । 
स्थलगत निरक्षणमा नेपाल तर्फ सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका भीम बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक रविन्द्र कठायत, महाकाली नदि नियन्त्रण आयोजना दार्चुलाका इन्जिनियर कलामुद्दित अल्सारी, जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायव सुब्बा पदमराज भट्ट, महाकाली नदि नियन्त्रण आयोजनाका सब—इन्जिनियर राजेन्द्र नाथ, इलाका प्रहरी पाेष्ट लालीका असर्इ गणेश सिँह बुडाल, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामीले गरेका हुन् । त्यस्तै भारतबाट डिडिहाटका एसडिएम वैभव गुप्ता, एसएसविका पिथौरागढस्थित ५५ औँ बाहिनीका सहायक कमाण्डेन्ट अशोक शर्मा, डिडिहाट तहसिल अन्र्तगत कनालछिना उपतहसिलदार नरमदेश्वरी भट्ट, उत्तराखण्ड प्रहरीको अस्कोट थानामा सब—इन्सपेक्टर एम आशिक खानले लाली पुलको स्थलगत अनुगमन गरेका हुन् । लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो।