दार्चुला लगायत सुदुरपश्चिमका जिल्लाहरुमा मौसम बदलि,, पानी पर्ने सम्भावना रहेको मौसम विदहरुको भनाई 

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

दार्चुला लगायत सुदुरपश्चिमका जिल्लाहरुमा मौसम बदलि,, पानी पर्ने सम्भावना रहेको मौसम विदहरुको भनाई 

ललित सामन्त,फागुन १३ दार्चुला । दार्चुला लगायत सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा हिजो बिहानै देखि मौसममा परिवर्तन भएसंगै आज राती र भोली दिनभर नै कुनै बेला घाम लाग्ने र कुनै बेला  पानी पर्ने सक्ने मौसम वर्षामापन केन्द्र दार्चुला अबलोकन कर्ताहरुले बताएका छन् ।
 यसै विच दार्चुला जिल्ला सदरमुकाम अहिले बेलुकी ५ः ३० सम्म दार्चुलाको न्युनतम तापक्रम ९ दशमलब ९ रहेको वर्षामापन केन्द्र दार्चुलाका अबलोकन कर्ता जनक राज अवस्थीले बताउनु भयो । यस्सै विच दार्चुलाको गोकुलेश्वरमा अहिले  हावाहुरी चल्नुका साथै दिनमा हल्का पानी परेको थियो । 
भने अहिले वलेकी ५ ः ३० वजे मापन गरीएको न्युन्तम तापक्रम ९ दशमलब ० रहेको वर्षामापन केन्द्र गोकलेश्वरका अवलोकन कर्ता सुनिता भट्टले बताउनु भयो । यसबर्ष हिउँदे बर्षा  पनि निरन्तर भइरहेको छ । असोज, कार्तिक  मंसिर पुष ,माघ र फागुन महिनामा हिउदे वर्षा हुनथाले पछि किसानहरु भने खशी भएका छन् । मौसममा परवर्तन भएपछि दार्चुलामा चिसो बढेको  छ । 
  चिसोका कारण बुढापाखा र बालबालिकाहरु बढी प्रभावित भएका छन् ।  आइतबार  बिहान देखि सुरु भएको मौसम सोमबार बेलुकी सम्मपनि खल्न सकेको छैन पानी र हिमपात हुने सम्भावना रहेको मौसम मापन केन्द्र दार्चुलाका वर्षामापन केन्द्र दार्चुलाका अवलोकन कर्ताहरुले बताएका छन् ।