नाैगाडमा १२ खेल सञ्चालन गर्न मैदान निमार्ण हुदैँ 

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

नाैगाडमा  १२ खेल सञ्चालन  गर्न मैदान निमार्ण हुदैँ 

सुलाेचना महता, फागुन १३ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वाड नम्बर ५ होपरीगाडमा महाशिवरात्रीको अवसरमा १२ वटा खेल सञ्चालन गर्नका लागि खेल मैदान निमार्ण भई रहेको छ । खेलकुद विकास समिति नौगडेस्वरीको आयोजनामा खेल सञ्चालनका लागि हिजाे देखि खेल मैदान निमार्ण भर्इरहेकाे छ ।
स्थानीय स्तरमा भएका प्रतिभा, कला तथा संस्कृतिको जर्गेना गर्नका लागि महाशिवरात्रीको अवसरमा उक्त खेल तथा पदर्शनीहरु गर्न लागेको खेलकुद विकास समिति नौगडेस्वरीका अध्यक्ष किसन सिँह ठगुन्नाले जानकारी दिए ।  

नौगाड गाउँपालिकाको होपरीगाडमा महाशिवरात्रीको अवसरमा यही फागुन १७ गते देखि २० गते सम्म भलिबल, दौड प्रतियोगीता, घँटोफोड, कुर्षी दौड, तातो आलु, पञ्चँे बाजा प्रतियोगीता, देउडा प्रतियोगीता, नित्य प्रदर्शनी, गीत प्रदशर्नी, हाजिर जवाफ प्रतियोगीता, छलिया प्रदर्शनी र वक्तित्वकला प्रतियोगीता सञ्चालन हुने खेलकुद विकास समिति नौगडेस्वरीले जनाएको छ । भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई ११ हजार १ सय ११ नगद सहित सिल्ड प्रमाण पत्र, दितीय हुने टिमलाई ७ हजार ७ सय ७७ नगद सहित सिल्ड प्रमाण पत्र र तृतिय हुने टिमलाई ५ हजार ५ सय ५५ नगद सहित सिल्ड प्रमाण पत्र प्रदान गरीने खेलकुद विकास समिति नौगडेस्वरीका अध्यक्ष ठगुन्नाले बताए । त्यस्तै अन्य प्रतियोगीता प्रथम, दितीय, तृतीय हुने प्रतियोगीलाई उचित पुरुस्कार प्रदान दिइने उनले बताए ।