दार्चुलाका सबै पालिका सडक सञ्जालले जोडियो

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

दार्चुलाका सबै पालिका सडक सञ्जालले जोडियो

सुलोचना महता, फागुन १३ दार्चुला । दार्चुला जिल्लाको नौ वटै स्थानीय तह सडक सञ्जालले जोडिएको छ । निमार्णधिन पारीबगड—खण्डेश्वरी सडक खण्ड अन्र्तगत अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म ट्रयाक खुलेपछि दार्चुलाका सबै पालिका सडक सञ्जालमा जोडिएको हो ।

दार्चुला जिल्लाको विकट क्षेत्रमा निमार्ण भईरहेको पारीबगड—खण्डेश्वरी सडक खण्डमा पारीबगड देखि मकरीगाड सम्म आठ किलोमिटर ट्रयाक खुलिसकेको छ । अपिहिमाल गाउँपालिकाको ओखल (रेला) भन्ने ठाउँ देखि मकरीगाडसम्म अग्रदोस निमार्ण सेवा प्रा.लिले साढे चार किलोमिटर सडकको ट्रयाक खुलको छ । मकरीगाड क्षेत्रमा स्काईभेटर पुगी सकेको तथा सडक निमार्ण कार्य तिब्र रुपमा भइरहेको हुदाँ डेढ हप्ता मै बुलेरो जीप तथा साना सवारी साधन पुग्ने अग्रदोष निमार्ण सेवा प्रा.लिका साहयक इन्चार्ज मुकेश पालले जानकारी दिए । मकरीगाड क्षेत्रमा कडा चटानी भाग परेकाले विष्फोटक पदार्थ(जिलेटिन) पनि आवश्यकता अनुसार पड्काई रहेको उनले बताए ।

दार्चुलाका दुई वटा स्थानीय तहमध्ये सडक सञ्जाल पहुँचबाट टाढा रहेको व्यासँ गाउँपालिकामा दुई महिना पहिले सडक सञ्जालले जोडेको थियो । त्यसैगरी लेकम गाउँपालिका केही महिना पहिले सडक सञ्जालले छोएको छ । दार्चुला जिल्लामा महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, र्मामा गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिका गरी छ वटा स्थानीय तहहरु यस अधि नै सडक सञ्जालले जोडिएको थियो । दार्चुलाका सबै पालिकामा सडक सञ्जाल पगेपछि स्थानीय बासी खुसी भएका छन् ।