प्रमुख जिल्ला अधिकारीको रुपमा विष्ट दार्चुला आउने 

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

प्रमुख जिल्ला अधिकारीको रुपमा विष्ट दार्चुला आउने 

ललित सामन्त,फागुन १३ दार्चुला । हिजो मात्रै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको दार्चुला जिल्ला बाट गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको ठाउँमा कञ्चनपुर बाट साहयक प्रमुख जिल्ला अधिकारी शंङकर बहादुर विष्ट दार्चुलाको प्रमुख अधिकारी भएर  आउने भएका छन् ।
 आज बेलुकी सम्म दार्चुला सदरमुकाम क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुग्ने साहयक प्रमुख जिल्ला अधिकारी टेक बहादुर कुवरले बताउनु भयो । यस्तै जिल्ला प्रशासन कार्यालयले नयाँ आउने शंङकर बहादुर विष्टको आज नै स्वागत गर्ने बताइएको छ । अहिले दार्चुला आउने विष्टको टोली दार्चुलाको गोकुलेश्वर पुगि सकेको पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।