आज सोमबार नेपाल भारत देशका प्रमुखहरुले लाली पुलको अनुगमन गर्ने 

५ बर्ष अघि

२0७५ फाल्गुन १३ सोमबार

आज सोमबार नेपाल भारत देशका प्रमुखहरुले लाली पुलको अनुगमन गर्ने 

ललित सामन्त,फागुन १३  दार्चुला । आज अर्थात फागुन १३ गते सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी भारतीय पक्षबाट राजदुतले सयुतm रुपमा अगुगमन गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।  दुबै देशका प्रमुखहरु विच छलफलहुने र आवतजावत बन्द रहेका बेला पुललाई खोल्ने तर्फ आफनो पहिलो प्राथमिकता हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताउनु भयो ।

अर्चायका अनुसार भारत पिथौरागढ जिल्लाका अधिकारी एसडिएम परिवर्तन भएर नयाँ आएकाले नेपाल भारत जोड्ने लाली पुलमा केही आवतजावतमा समस्या भएको प्रजिअ आचार्यको भनाइ रहेको छ । सदियौँ देखि लेकम गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयले भोग्दै आएको महकाली नदिमाथीको जोखिमपुर्ण ट्युबको यात्रा सदाका लागि अन्त भएको छ ।लेकम गाउँपालिका वडा नम्बर ३ लालीबाट दार्चुला जिल्ला सदरमुकाम सम्म आउन जान नेपाल भारत सीमा क्षेत्रमा पर्ने महाकाली नदिमा ट्युबमा तरेर भारतीय बाटो हिड्नु पर्ने बाध्यातालाई मध्यनजर गर्दै लालीमा झोलुङ्गे पुलको निर्माण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन कार्यक्रम अन्तरगत रहेका नेपाल भारत सीमा क्षेत्र जोड्ने झोलुङ्गे पुलहरुमध्ये व्याँसको तिग्रममा नेपाल र लेकमको लालीमा भारत झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।

 
२०७४ साल बैशाख २४ गतेबाट सिलान्यास भएको पुल निर्माणको कार्य सकएता पनि सन्चालनमा आउन भने सकेको थिएन ।  झण्डै १ करोड रुपैँयाको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुल निर्माण पश्चात लेकम गाउँपालिका वडा नम्बर ३ लाली र वडा नम्बर ४ खरकडाका अधिकाँश स्थानीयलाई आवतजावतमा सजिलो हुने छ । साथै नेपाल भारत व्यापारीक नाकाको रुपमा रहेको लाली क्षेत्रमा व्यापार प्रबद्र्धनमा पनि विकास हुने स्थानीयले बताएका छन् ।