विपत् प्रतिकार्य योजना निमार्ण सम्बन्धी सुझाव संकलन गोष्ठी

५ बर्ष अघि

२0७५ फाल्गुन १२ आईतवार

विपत् प्रतिकार्य योजना निमार्ण सम्बन्धी सुझाव संकलन गोष्ठी

 
दृष्टिकोण समाचार फागुन १२ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको सारथी मिडिया नेटवर्कले विपत् प्रतिकार्य योजना निमार्ण सम्बन्धी सुझाव गोष्ठी गरेको छ । विपद्को सामना गर्न पूर्व तयारी गर्ने, सम्भावित विपद्बाट जोगिन, रेडियोको सेवा सशक्त तथा व्यवस्थित गर्न पहल गर्नका लागि सुझाव संकलन गर्नका लागि गोष्ठी गरीएको सारथी मिडिया नेटवर्कका प्रबन्धक राजेन्द्र सिँह धामीले जानकारी दिए । 
दार्चुला जिल्लामा सामुदायिक रेडियो प्रसारक संघ एकोराबको सहयोगमा सारथी एफ. एम ९२.६ (५००) मेगाहर्जबाट पहिलो पटक विपत् प्रतिकार्य योजना सञ्चालन हुन लागेको सारथी मिडिया नेटवर्कका प्रबन्धक धामीले बताए । “विपत् प्रतिकार्य योजना” जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०६९ तथा चौथो संशोधन २०७५ का आधारमा तयार गरीएको उनले बताए ।