प्रमुख जिल्ला अधिकारी आचार्यको विदाई 

५ बर्ष अघि

२0७५ फाल्गुन १२ आईतवार

प्रमुख जिल्ला अधिकारी आचार्यको विदाई 

ललित सामन्त,फागुन १२ दार्चुला ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी  खुमकान्त आचार्यको  आतबार  दार्चुला मिलन केन्द्र र  जिल्ला भरीका कार्यालय प्रमुखहरुले विदाइ गरेका छन् ।दार्चुला मिलन केन्दका अध्यक्ष अमर सिह धामीको अध्यक्षता एवं जिल्ला न्यादिश दिल्ली राज गौमतको प्रमुख आथित्यतामा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विदाई गरेका हुन । 

प्रजिअ आचार्यको गृह मन्त्रालयलमा सरुवा भएपछि आज एक कार्यक्रमगरी आचार्यको विदाई गरीएको हो  ।  २०७५ जेठमा आर्चाय दार्चुलाकोप्रमुख जिल्ला अधिकारी भएर आएका थिए । आचार्यले  दार्चुलामा १० महिना बिताएका छन् ।

आचार्यको १० महिने कार्यकाल उपलब्धीमुलक रहयो । दार्चुला जिल्लाको विकासमा उनले १० महिना सम्म विद्युत र दार्चुला तिंकर सडकलाई आफनो कार्यकालमा सफलता पुर्वक अगाडी बडाउनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो । त्यसलाई आचार्यले सहजता पुर्वक सामान्य तर्फ प्रमुख भुमिका निर्वाह गरेका थिए । आचार्यकै कालकालमा छिमेकी राष्«ट चीनमा पनि समन्वय बैठकको आयोजना गरेका थिए ।

यस्तै दार्चुला बाट विदाई भएर गएका खुमकान्त आर्चायको १० महिने कार्यकालमा नेपाल भारतको सम्बधमा पनि बेला बेला दुबै देशका प्रमुख हरुले बैठक बसि दार्चुला जिल्लाको खोतिला पहिरोको बारेमा पनि प्रमुख जिल्ला अधिकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । यस्तै १० महिने कार्यकालमा जिल्लामा अप्रिय घटनाहरु नघटेको पनि बताएका छन् । उनको विदाइमा जिल्ला भरीका सरकारी कार्यालयका प्रमुखहरुको  सहभागिता तथा सञ्चारकर्मीहरुको पनि सहभागितामा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विदाई गरेका थिए   ।