दार्चुलामा फेसबुक सञ्जाल मार्फत गाउँपालिका अध्यक्ष तथा इन्जिनियरको चरित्र हत्या

५ बर्ष अघि

२0७५ फाल्गुन ११ शनिबार

दार्चुलामा फेसबुक सञ्जाल मार्फत गाउँपालिका अध्यक्ष तथा इन्जिनियरको चरित्र हत्या


सुलोचना महता, फागुन ११ दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका अध्यक्ष जमन सिँह धामी तथा गाउँपालिकाका इन्जिनियर बिक्रम जोशीको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या भएको छ । मार्मा गाउँपालिका अध्यक्ष धामी तथा सब- इन्जिनियर जोशीकाे फेसबुक सञ्जालमा “मार्माली युथ समाज” नामक फेक आइडी चलाएर एक व्यक्तिले  झुठो समाचार प्रसारण गरी चरित्र हत्या गर्न खोजिएको छ । 

फेसबुक सञ्जाल मार्फत चरित्र हत्या गर्ने “मार्माली युथ समाज” नभएर व्यक्ति भएको हुदाँ त्यस व्यक्तिको खोजि भईरहेको तथा केही दिन मै जिल्लामा आएर मुद्धा दर्ता गरीने मार्मा गाउँपालिकाका सब-इन्जिनियर बिक्रम जोशीले जानकारी दिए । गाउँपालिका भित्र नियम विपरीत गएर सर्वसाधारण जनताबाट कमिशन उठाएको, भ्रष्टाचार गरेको तथा गाउँपालिकामा कार्यरथ महिला माथि दुव्यवहार गर्नु लगायत अनैतिक कार्यहरु गरीरहेको प्रमाण सहित चरित्र हत्या गर्ने व्यक्ति प्रस्तुत  भएमा सजाय भोग्न तयार हुने मार्मा गाउँपालिकाका सब-इन्जिनियर जोशीले बताए । गाउँपालिकामा तथा माथिल्लो निकायहरुमा गई उजुरी दिनुपर्ने व्यवस्था उजुरी नदिएर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्न खाेजेकाे सब-इन्जिनियर जाेशीले बताउनु भयाे ।  मार्मा गाउँपालिकामा “मार्माली युथ समाज” नामक संस्था नभएकाले व्यक्तिगत रिसिपीको कारणले  गाउँपालिका अध्यक्षको तथा आफ्नो चरित्र हत्या गरेको हुन सक्ने जोशीले आशंका गरेका छन् । चरित्र हत्या गर्ने खोज्नलाई जिल्ला प्रहरी कार्यालय दार्चुलालाई जानकारी गराई सकेको उनले बताए । 


फेसबुकमा पोष्ट गरेको “मार्माली युथ समाज” स्ट्याटस यहाँ हेर्नुहोस् ।

मार्मा गाउँपालिका अध्यक्ष जमन सिँह धामी
चुनाब को बेला को एक करोड रुपैया रिण पहिलो बर्षमा नै तिरिसके अब अर्को चुनाब को लागि पैसा जम्मा गर्ने तयारीमा छु।मार्मा गाउपालिका अध्यक्ष ।
लूटन सके लुट कान्छा लूटन सके लुट 
अरु ठाउमा पाइदैन मार्मा मै हो छुट ।


मार्मा गाउँपालिका इन्जिनियर विक्रम जोशी 

 ने क पा एमाले पुर्ब जिल्ला अध्यक्ष रामदत्त जोशी का छोरा बिक्रम जोशी दार्चुला को मार्मा गाउपालिका को सब इन्जिनियर हुन अहिले ।काम नगरी कन घछ५सस्थागत रुपमा गाउपालिका अध्यक्ष जमन धामी को निर्देशनमा कमिशन उठाइरहेका जोशी पछिल्लो समयमा गाउपालिका भित्र कार्यरत महिला कर्मचारी माथी दुर्ब्यभार गरिरहेका छन गाउपालिका भित्र जाडरकसि सेवन गरि बिक्रम जोशी ले सेवा ग्राही बाट घुस र कमिशन रण्ढिबाजी खुल्ला रुपमा गरिरहदा समेत अखतिया र प्रसासन कहाँ हराएको छ ।सबैको ध्यान मार्मागाउपलिका तिर जावस ।यस्ता अनैतिक कार्यक्रम मार्मागाउपालिका मा तुरुन्तै बन्द होस ।गाउपालिका अध्यक्ष जमन धामी र सब इन्जिनियर बिक्रम जोशी को करोडौ अकुत सम्पती को छानबिन होस 
लुट्न सके लुट कान्छा लुट्न सके लुट