१० महिना हुनै लाग्दा समेत आएन एम्बुलेन्स

५ बर्ष अघि

२0७५ फाल्गुन ११ शनिबार

१० महिना हुनै लाग्दा समेत आएन एम्बुलेन्स

ललित सामन्त,फागुन ११ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको एम्बुलेन्स गत जेठ १३ गते दार्चुला बाट विरामी  बोकेर धनगढी जाने बेला बैतडीको धरम घरमा दुर्घटना हुदा विरामी बोकेको एमबुलेन्स सडक बाट २ सय ५० मिटर तल खसेपछि चालक सहित५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० बर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ बर्षीय गणेशदत्त भट्ट गरी  ४ जना घाइते भएका थिए । 
उतm एम्बुलेन्स अहिले १० महिना हुनै लाग्दा समेत धनगढीमा नै रोकिएको छ । दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको सांसद कोटा बाट दार्चुला जिल्लाको लटिनाथ र मालिकार्जुनका लागि सांसद कोटा बाट १६ लाख रुपैँया बजेट छुट्टाएको थियो । साविकको शंङकरपुर गाविसले आफनो गाउँसभा बाट एम्बुलेन्स खरिदका लागि ६ लाख रुपैँया विनियोजन गरेको दार्चुलाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ८ का वडा अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो ।

 उहाँका अनुसार “स्थानीय सरकार गठन नभएकै बेला गाउँसभा बाट पारीत भएर खरीद्र प्रकिया अगाडी बडाएको हो र अहिले एम्बुलेन्स सेवा धनगढीमा नै छ नयाँ ल्याउनेकी त्यसैलाई नै मर्मत गर्ने अहिले सम्म टुङगो नलागेको वडा अध्यक्ष धामीको भनाइ रहेको छ ”।

यस्तै मालिकार्जुन गाउँपालिका भित्र एम्बुलेन्स सेवा नहुदा सुत्केरी महिलाहरुलाई समस्या हुनुको साथै शंङकरपुर स्वास्थ्य चौकीमा उपचार हुन नसकेमा गाउँपालिका संग एम्बुलेन्स सेवा नहुदाँ टाढा लैजानका लागि गाडी बुक गरेरमात्रै लैजानु पर्ने स्थिति आएको मालिकार्जुन गाउँपालिका वाड नम्बर ८ पस्तीका स्थानीय सुरेस सिह धामीले बताउनु भयो  ।  धामीका अनुसार “ स्थानीय गाउँमा हिजोसम्म जनप्रतिनिधि थिएनन्। आज वडामा अध्यक्षदेखि स्थानीय तहको प्रमुख सम्मका जनप्रतिनिधि आएको । तर, पनि गरिब दुःखीलाई कुनै सुविधाको महसुस नभएको  धामीको भनाई छ ” । एम्बुलेन्समा घाइतेहरु ३ जना घर फर्कि सकेका छन भने एउटा चालक गोविन्द सिह धामी मात्रै अस्पतालमै छन ।