महाशिवरात्रीको पूर्वसन्ध्यामा व्यासँमा विविध कार्यक्रम हुने

५ बर्ष अघि

२0७५ फाल्गुन १0 शुक्रबार

महाशिवरात्रीको पूर्वसन्ध्यामा व्यासँमा विविध कार्यक्रम हुने

 
सुलोचना महता, फागुन १० दार्चुला । दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ३ सिनामा आउदैँ गरेको महाशिवरात्रीको पूर्व सन्ध्यामा विविध कार्यक्रम हुने भएको छ । तातोपानी धार्मिक तथा पर्यटन संरक्षण समितिको आयोजनामा सिनामा फागुन १८ गते देखि २१ गते सम्म विभिन्न धार्मिक तथा सांस्कृति कार्यक्रम तथा महाशिवरात्री मेला हुन लागेको हो ।

धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले पवित्र तीर्थस्थलको रुपमा मानिने गोतु तातोपानीको क्षेत्रको विकास गरी प्रचारप्रसार गर्ने, स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको पचारप्रसार गरी बिक्री गर्नुका साथै स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य महाशिवरात्रीको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरीएको तातोपानी धार्मिक तथा पर्यटन संरक्षण समितिका अध्यक्ष नरेन्द्र कुवँरले जानकारी दिए । महाशिवरात्रीमा खुला भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, लोक गीत प्रतियोगीता लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरीने तातोपानी धार्मिक तथा पर्यटन संरक्षण अध्यक्ष कुवँरले बताए । उक्त प्रतियाेगिता तथा स‌ंास्कृतिक कार्यक्रममा प्रथम, द्धितीय, तृतीय तथा उत्कृष्ट खेलाडी तथा कलाकारहरुलार्इ पुरुस्कार दिने व्यवस्था गरीएकाे उनले बताए । देविदेवताको खानी मानिने गोतु तातोपानी क्षेत्रको विकास प्रबद्धन गर्नका लागि पहिलो पटक महाशिवरात्रीको पूर्वसन्ध्यामा विविध कार्यक्रम आयोजना गरीन लागेको तातोपानी धार्मिक तथा पर्यटन संरक्षण समितिका सचिव धिरेन्द्र सिँह धामीले बताए । तीर्थस्थलको रुपमा मानिने तातोपानी क्षेत्रमा माघेसंक्रान्ति, महाशिवरात्री लगायत चाडपर्वहरुमा मेला लाग्ने तथा स्नान गर्दा पुन्य पाप्त हुने गरेको उनको भनाई छ । यही फागुन  २० गतेका दिन महाशिवरात्रि  हिन्दुहरूको प्रमुख चाड परेकाे छ ।