स्थानीय सरकारले दिने भनेको  रकम अझै पुगेन पिडित सम्म 

५ बर्ष अघि

२0७५ फाल्गुन १0 शुक्रबार

स्थानीय सरकारले दिने भनेको  रकम अझै पुगेन पिडित सम्म 

ललित सामन्त,फागुन १० दार्चुला । स्थानीय सरकारले दिएको रकम अझै सम्म पनि पिडित समक्ष पुग्न सकेको छैन ।गत मंसिर ६ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ३मा पर्ने मालिकार्जुन जात्रा हेरेर घर फर्कने बेला मालिकार्जुन गाउँपालिकामा पर्ने तेर्छालेकमा मिनिबस दुर्घटनामा  पश्चात् जिल्लाका विभिन्न ५ स्थानीय तहले आर्थिक सहयोगको घोषण गरेका थिए । तर दुर्घटना भएको तीन महिना बित्नै लाग्दा समेत सम्बन्धीत पक्ष अर्थात् पीडितहरुसम्म उक्त सहयोग भने पुग्न नसकेको छैन । पिडित धिरनज धामीको  ग्रान्ड हस्पिटलमा उपचार भइरहेको छ । 
उक्त मिनिबस दुर्घटनामा परी घाइतेहरुलाई जिल्लाका विभिन्न ५ स्थानीय तहले १÷१ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । तर घोषणा गरेको महिनौ बितिसक्दा समेत सम्बन्धी पक्षले उक्त रकम पाउन सकेका छैनन् । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहूँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकाले घाइतेहरुलाई आर्थिक सहयोग स्वरुप १÷१ लाख दिने धोषणा गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले बताए ।
हालसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले भने १÷१ लाख रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिसकेको अवस्थीको भनाई छ । महाकाली  नगरपालिकाले रकम दिने भनीएता पनि प्रशासकिय प्रमुख नभएकाले रकम दिन नसकिएको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टको भनाइ रहेको छ । भट्टका अनुसार “  राहात दिने भनिएको तर प्रशासकिय प्रमुख नभएकाले अहिले सम्म दिन सकेकका छैन अबको एक दुइ दिनमा प्रशासकिय प्रमुख आउने भएका छन् त्यसपछि दिने भट्टको भनाइ रहेको छ “
दुहूँ गाउँपालिका र व्याँस गाउँपालिकाबाट उक्त  रकम आउन सकेको छैन  बाँकी रहेकाले आर्थिक सहयोगको रकम पीडितलाई हस्तान्तरण गर्न नसकिएको हो ।
यस्तै विवेकशील साँझा पार्टीका जिल्ला संयोजक चक्र बलमे माघ १३ गते ग्राण्डी अस्पतालमै गई घाइतेका अवस्था बारे जानकारी लिएका थिए । जिल्ला संयोजक चक्र बमका अनुसार घाइतेको पछाडी कुहिन थालेकोे छ । र अगाडी पट्टीको भाग मुत्रनलीमा पनि असर परिरहेको संयोजक बमले जानकारी दिनु भएको छ