मौसम प्रतिकुलताका कारण पुलको काम हुन सकेन

५ बर्ष अघि

२0७५ फाल्गुन १0 शुक्रबार

मौसम प्रतिकुलताका कारण पुलको काम हुन सकेन

 

सुलोचना महता, फागुन १० दार्चुला । दार्चुला जिल्ला सदरमुकाम सीमा नाकामा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल चार घण्टाका लागि बन्द हुने भनिए पुलको मर्मत कार्य शुरु नभएपछि विहिबार देखि शुत्रबार सम्म पनि पुल खुला रहेको छ । फागुन ९ गते देखि फागुन १३ गते सम्म दिउँसो १ बजे देखि ४ बजे सम्म आवत जावत बन्द हुने सुचना जारी भएपनि मर्मत कार्य शुरु नहुदाँ पुल खुला नै रहेको हो । 
मौसम प्रतिकुल तथा कामदारहरु नआउँदा पुल मर्मत कार्य शुरु नभएको हुदाँ पुल खुला गरीएको अस्थाई प्रहरी पोष्ट पुलघाट दार्चुलाका प्रहरी सहायक निरक्षक लक्ष्मणदत्त भट्टले बताए । मौसम प्रतिकुल तथा कामदारहरु आएर पुलको मर्मत कार्य शुरु गरेमा पुल चार घण्टाका लागि बन्द गरीने उनले बताए । विं. स. २०२८ साल तिर निमार्ण भएको झोलुंगे पुलको जीर्ण भएपछि उक्त पुलमा प्रयोग गरीएका प्लेटहरु फेरेर मर्मत संभार गरीने भएपनि निमार्ण कार्य शुरु हुन सकेको छैन् ।