शुक्रबार बेलुकी इन्डोनेशिया भ्रमणमा गएका दार्चुलाका जनप्रतिनिधिहरु स्वदेश फिर्ताहुने

५ बर्ष अघि

२0७५ फाल्गुन १0 शुक्रबार

शुक्रबार बेलुकी इन्डोनेशिया भ्रमणमा गएका दार्चुलाका जनप्रतिनिधिहरु स्वदेश फिर्ताहुने

ललित सामन्त,फागुन १० दार्चुला । भ्रमणमा गएका दार्चुृला जनप्रतिनिधिहरुको  टोली आज बेलुकी स्वदेश सिर्ताहुने कार्यतालिका रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।  टिभी टुडेले आयोजना गरेको इन्डोनेशियाको भ्रमण उपलब्धिमुलक बन्दै गएको बताएका छन । शुक्रबार दृष्टिकोण अनलाईन संग कुराकानी गदै दार्चुलाका जनप्रतिनिधिहरुले आफुहरुको इन्डोनेशिया भम्रण उपलब्धीमुलक बन्दै गएको बताउनु भयो । दार्चुलाको मालिकार्जुन गाउँपालिका  प्रमुख नरेन्द्र सिह धामी,नौगाड गाउँपालिका प्रमुख प्रेम सिह धामी,लेकम गाउँपालिका प्रमुख प्रमानन्द्र जोशी र शैल्यशिखर नगरपालिका प्रमुख अमर सिह धामी र जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्की टिभी टुडे टेलिभिजनका कर्मचारीहरु गरी १९ जनाको टोली इन्डोनेशियाको बाली सहरमा पुगेर हिजो मात्रै जल प्राणीहरुको अवलोकन गर्नु भएको थियो । भम्रणमा दार्चुलाका जनप्रतिनिधिहरुले भएका स्रोत साधनको  उचित प्रयोग गरेमा विकासमा जुट्न सकिने बताएका छन् । यस्तै दार्चुलाका जनप्रतिनिधिहरुले इन्डोशियाको विकासलाई नजिक बाट नियालि रहेको बताएका छन् ।