किन दिएन नगरपालिकाले टुहुरा बालबालिकालाई न्यानो कपडा 

५ बर्ष अघि

२0७५ फाल्गुन ९ बिहीबार

किन दिएन नगरपालिकाले टुहुरा बालबालिकालाई न्यानो कपडा 

ललित सामन्त,फागुन ९ दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने सकेको छैन । गत पुषको चिसोमा न्यानो कपडा वितरण गरिसक्ने भएतापनि महाकाली नगरपालिकाले अहिले सम्म टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्न सकेको छैन ।
 केही दिन यता मात्रै दार्चुलाको महाकाली नगरपालिकाले सबै वडाहरु बाट आमा बुवा नभएकालाई न्यानो कपडा वितरण गर्ने बताएको भएपनि हाल सम्म जिल्लाको महाकाली नगरपालिकाले टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नमा पछिपरेको छ । 
दार्चुलाको महाकाली नगरपालिकाले यो वर्ष महाकाली नगरपालीका भित्रका नौ वटै वडाका टुहुरा बालबालिकाहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्ने  बताको भएपनि ।  कपडा वितरण गर्ने नसकिएको नगर प्रमुख हंस राज भट्टले बताए । भट्टका अनुसार“हामीले नगरपालिकाको सुचना पार्टीमा  सुचना आह्वान गरेको तर  कपडा बेच्ने व्यतmीहरु नआएपछि यो आर्थिक वर्षमा न्यानो कपडा वितरण गर्नमा समस्या आएको  महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्टले बताउनु भयो ।  

चिसोबाट बचाउन आमा बुवा नभएका हरुलाई न्यानो कपडा वितरण गर्ने नसकिएको नगर प्रमुख भट्टले  बताए  बालबालिकाहरुको चिसोले गर्दा विभिन्न खालका रोगहरु लाग्ने भन्दै नगरपालिकाले यस्तो कार्य गरेता पनि अन्तमा आइपुग्दा महाकाली नगरपालिकाले न्यानो कपडा वितरण गर्नेमा पछि हटेको छ ।