विहिबार देखि नेपाल भारत जोड्ने पुल दिनमा ४ घण्टाका लागि  बन्द हुदै 

५ बर्ष अघि

२0७५ फाल्गुन ९ बिहीबार

विहिबार देखि नेपाल भारत जोड्ने पुल दिनमा ४ घण्टाका लागि  बन्द हुदै 

ललित सामन्त,फागुन ९ दार्चुला ।  दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल विहीबारबाट ५ दिन सम्म दिनमा ४ घण्टा बन्द हुने भएको छ । पुलमा प्रयोग भएका फलामे प्लेटहरु जिर्ण बन्दै गएको तथा नयाँ प्लेट फेर्नका लागी दिनमा ४ घण्टा पुलमा आवत जावत बन्द गर्न भारतीय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको छ ।
पुलमा प्रयोग भएका प्लेटहरु पुराना भएका कारण झोलुङ्गे पुलको सुरक्षाका लागी प्लेट फर्नु पर्ने अवस्था आएको तथा प्लेट फेर्न पुल बन्द गर्नु परेको भारतिय प्रशासनले पत्र मार्फत नेपाली प्रशासनलाई जानकारी  आएको सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति प्रमुख भिम बहादुर चन्दले जानकारी दिनु भएको छ । झोलुङ्गे पुल विहीबार दिउसो १ बजे देखी वेलुकी ४ बजे सम्म दिनमा ४ घण्टा गरि फागुन १३ गते सम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दिउसो १ बजे देखी बेलुकी ४ बजे सम्म पुलमा आवत जावत बन्द गरिए पनि अन्य समयमा भने आवत जावत गर्न सकिने सशस्त्र पहरी प्रमुख चन्दले बताएका छन् ।