यसरी हुन्छ राजमार्गमा लुटतन्त्र (फोटो फिचर)

६ बर्ष अघि

२0७५ जेष्ठ १९ शनिबार

यसरी हुन्छ राजमार्गमा लुटतन्त्र (फोटो फिचर)


दृष्टिकोण समाचार दार्चुला । लोकतान्त्रिक गणतन्त्र नेपालमा विभिन्न तन्त्रहरुले आ—आफ्नो स्थान पक्का बनाई सकेका छन् । यसै अन्तरगत पर्छ राजमार्ग लुटतन्त्र । राजमार्गमा विभिन्न किसिमका लुटतन्त्रहरु कायम रहेका बेला फेरी अर्को तन्त्र मन्त्र हो यात्राका बेलाको खानेकुरा । चाहे त्यो दिनमा होस या रातीमा । महाकाली लोकमार्गमा यात्रागर्दा तपाईले पनि खाना खानुहुन्छ होला । यस्तै बैतडी जिल्लाको पाटन बजार पुग्न ८÷१० किलोमिटर पहिले नै थुम भन्ने स्थानमा एकान्त होटलका नाममा लुटतन्त्र हुने गरेको छ । त्यो क्षेत्र लुट्नका लागि साँच्चीकै एकान्त पनि छ । जंगलको बीचमा रहेको उक्त होटेलमा खाना खान गाडी धनीहरु र होटेल साहुको मिलेमतोमा दैनिक सौयौँको संख्यामा यात्रीहरु लुटीने गरेका छन् ।
तपाईले पनि त्यसक्षेत्रमा खाना खानु भएको छ भने थाहा पाउनु भएको होला । यदी खाना खानु भएको छैन भने लुटिनबाट पनि बच्न मुस्किल नै हुन्छ । किनकी भोक लागेमा अन्य विकल्प पनि छैन ।  खाना खान बसबाट ओर्लेपछि शुरुमै सादा खानाको लागि १ सय ४० रुपैँया र मासु खानाको लागि २ सय ५० रुपैँयाको टिकट किन्नु पर्छ । टिकट किने पछि खाना खाने कुरा भन्दा पनि सबैको झगडा र असन्तुष्टि बाहेक केही हुदैन । उक्त होटलमा गाडी स्टाफहरुका लागि छुट्टै र यात्रुहरुका लागि छुट्टै खानाको व्यवस्था हुन्छ । गाडी रोकेवाफत साहुहरुले कमिसन खान्छन भने यात्रुले असन्तुष्टी । पैशा तिरेपछि खाना गुणस्तरहिन, सुधार गर्न होटेल साहु नमान्ने, नियमन गर्ने कसले । बाँकी फोटो फिचर