दार्चुलामा हिजो राती देखि हिउँदे वर्षा, जनजिवन कष्टकर बन्दै 

५ बर्ष अघि

२0७५ फाल्गुन ९ बिहीबार

दार्चुलामा हिजो राती देखि हिउँदे वर्षा, जनजिवन कष्टकर बन्दै 

ललित सामन्त,फागुन ९ दार्चुला । बुधबार राती देखि मौसम बदली भई  दार्चुलाका उच्च भु भागहरुमा पानी पर्नुका साथै उच्च भू—भागहरुमा हिमपात भएको छ । बर्षासँगै उच्च क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ । दार्चुला जिल्लाको व्याँस, दुहुँ, नौगाड, मार्मा, अपिहीमाल  उच्च भागहरुमा हिमपात भएको छ ।
 यसबर्ष हिउँदे बर्षा  पनि निरन्तर भइरहेको छ । असोज, कार्तिक  मंसिर पुष माघ फागुन महिनामा यसपाली बर्षा पनि भएको छ । विहिबार विहान दार्चुलाको न्युनतम तापक्रम १० दशमलब ४ डिग्री सेल्सीयस मापन गरिएको मौसम मापन केन्द्र दार्चुलाका जनक राज अवस्थीले जानकारी दिनुभयो । 
चिसो बढेसँगै विरामीको संख्यामा बृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।बेलाबेला यसरी हिउदे वर्षा भएपछि गहु बाली राम्रो हुने भएकाले किसानहरु खुसी भएका छन् ।  चिसोका कारण बुढापाखा र बालबालिकाहरु बढी प्रभावित भएका छन् ।  बुधबार रातीदेखि सुरु भएको बर्षा र हिमपात विहीबार दिउसो सम्म पनि मौसममा केही सुधार आएको छैन ।  पानी र हिमपात हुने सम्भावना रहेको मौसम मापन केन्द्र दार्चुलाका जनक राज अवस्थीले जानकारी दिनु भएको छ ।