शिक्षा क्षेत्रको विकासका लागि अपिहिमाल गाउँपालिकाले एक करोड खर्च गदैँ 

५ बर्ष अघि

२0७५ फाल्गुन ८ बुधबार

शिक्षा क्षेत्रको विकासका लागि अपिहिमाल गाउँपालिकाले एक करोड खर्च गदैँ 


सुलोचना महता, फागुन ८ दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले शिक्षा क्षेत्रको चौतर्फि विकास गर्नका लागि चालु आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड रुपैँया खर्च गरिरहेको छ । शिक्षाले मानिसलाई ज्ञान तथा सिप सिकाएर अन्धकारबाट उज्यालो तर्फ डो¥याउनुका साथै विकासको पहिलो आधार भएकाले शिक्षा क्षेत्रको विकासका लागि उक्त बजेट चालु आवमा खर्च भईरहेको गाउँपालिकाले जनाएको छ ।  
दुर्गम तथा भौगोलिक दृष्टिकाेणले  पछि परेका स्थानीय बासिन्दाका छोराछोरीलाई  शिक्षाको पहुचँमा ल्याएर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए । 
अपिहिमाल गाउँपालिका सरकारले दरबन्दी अनुसार शिक्षक राख्न नसकेको हुदाँ  गाउँपालिकाले अस्थायी शिक्षकका लागि तलब भत्ता बाफत ७५ लाख रुपैँया छुट्याएको छ । त्यसैगरी पाचँ लाख रुपैँया विद्यालयमा स्वास्थ्य शिक्षाका लागि गाउँपालिकाले चालु आवमा बजेट विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाले २० लाख रुपैँया समाजिक निमार्णका लागि बजेट छुट्याएको छ । 
अपिहिमाल गाउँपालिकाले अहिले ५ लाख स्वास्थ्य शिक्षाका लागि विनियोजन गरेको बजेटबाट विद्यालयलाई प्राथमिक उपचारका लागि साम्रगी, छात्रवृति, सम्पूर्ण विद्यार्थीहरुको तिन÷तिन महिनामा स्थास्थ्यकर्मी मार्फत स्वास्थ्य पशिक्षण भइरहेको रह्नुको साथै महिनावारी हुने विद्यालय तथा छात्राहरुलाई निःशुल्क सेन्टीपेड दिईरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष मन्यालले बताए । सरकारले दरबन्दी अनुसार शिक्षक राख्न नसकेको हुदाँ ४८ जना अस्थायी शिक्षकहरु नियुक्ती गर्नुका साथै अपिहिमाल गाउँपालिकामा प्राविधिक शिक्षाको विकास गर्नका लागि बाली विज्ञानको प्रस्ताव गरीएको उनको भनाई छ ।