दृष्टिकोण समाचार ,फागुन ८ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने झुलाघाट पुल पाचँ दिनका लागि बन्द हुने भएको छ । फागुन ९ गते अर्थात भोली २१ तारिख देखि फागुन १३ गते अर्थात २५ तरिक सम्म नेपाल भारत जोड्ने पुल बन्द हुने भएको हो ।
प्रत्येक दिन दिउँसो १ बजे देखि बेलुकी ४ बजे सम्म नेपाल भारत जोड्ने पुल बन्द हुने सशस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुला प्रमुख भिम बहादुर चन्दले बताउनु भयो ।
पुल जिर्ण भएपछि पुललाई मर्मत गर्नका लागि ५ दिन सम्मका लागि पुल बन्द हुने सशस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुला प्रमुख चन्दले जानकारी दिनु भएको छ ।