१० लाख रुपैँया विनियोजन गरी मन्दिरको जग्गामा फिल्ड  निर्माण हुदै 

५ बर्ष अघि

२0७५ फाल्गुन ८ बुधबार

१० लाख रुपैँया विनियोजन गरी मन्दिरको जग्गामा फिल्ड  निर्माण हुदै 

ललित सामन्त,फागुन ८ दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गा मिचेर वडा नम्बर ३ को सहकार्यमा १० लाख रकम विनियोजन गरी मन्दिरको जग्गा मिचेर खेल मैदान निर्माण भईरहेको हो । ऐतिहासिक पौराणिक गाथा बोकेको लटीनाथ देउताको पुण्यभुमी मिचेर मनपरी ढङगले धार्मीक मान्यता विपरीत निर्माण गरेको भन्दै स्थानियहरुले बिरोध गरेको स्थानिय धिरज बिष्टले जानकारी दिए ।  
स्थानियको बिरोधका बाबजुत पनि निर्माण कार्य  धमाधम भैरहेको छ । “खेल मैदानको लागी मार्मा गाउपालिका वडा नम्बर ४ तपोवनमा खुल्ला मैदान हुदाहुदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण हुदै छ ।” स्थानिय बिष्टले भने “यदि मार्मामा खेलकुद क्षेत्रको विकास गर्ने नै हो भने तपोवनको खुला मैदान काफी छ, आज सम्म पाचँ सय वटा रुखहरु काटेर डोजरले फलिरहेको पनि विष्टले बताउनु भयो । 

लटीनाथ मन्दिरको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहेकोले पुण्यभुमी भित्रका पुराना सरंचना तथा रुखहरुको नाश गर्नु धार्मिक स्थलहरु विनास गर्नु हो भन्दै  स्थानियहरुले विरोध गरेका हुन् ।जेसिवि लगाएर मन्दिरको जग्गामा रहेका सम्पुर्ण रुखहरु उखेल्ने काम भैरहेको हँुदा यस बिषयमा अपि नाम्पा सरंक्षणले क्षेत्रिय कार्यालयलाई जानकारी गराएको भए पनि कुनै सुनुवाई भएको छैन् । अपिनाम्पा संरक्षरण कार्यालयलाई पनि निवेदन दिएको तर कुनै निकायले ध्यान नदिएको विष्टको भनाइ रहेको छ ।