सहिदको सपना पुरा गर्न सबैले देशको सेवा गर्नु पर्छ नगर प्रमुख भट्ट ।। 

५ बर्ष अघि

२0७५ फाल्गुन ८ बुधबार

सहिदको सपना पुरा गर्न सबैले देशको सेवा गर्नु पर्छ नगर प्रमुख भट्ट ।। 

राम सिह धामी फगुन ८ गते  
हामीे देशको सेवा गरेमा सहिदको आत्यमाले सन्ती पाउन सक्ने महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले बताउनु भयो । 
बुधबार दार्चुला जिल्ला सदरमुकामा रहेको सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखि क्यामसमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगीतामा आफ्नो मन्तव्य दिदै महाकाली नगरपालिकाका नगर प्रमुख भट्टले सहितको जस्तै रगतको अव हामीले रगत बगाउनु भन्दा पनि आ आफनो क्षेत्रबाट देशको सेवा गरेमा सहितको समपना सकार हुने बताउनु भयो । कार्यक्रममा आफ्नो भनाई राख्दै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले अहिले सम्म सहिदहरुले हामीहरुको भलाईका लागि आफ्नो रगत बगाएको हुनलो हामीले सहिदको बलिदानिको कदर गरि काम गर्नु पर्ने कुरामा जोड दिएका हुन । 
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको आवसरमा प्रजातन्त्रको प्राप्ती सहिदहरुको योगदान  भन्ने शिषकमा सञ्चालन गरिएको वक्तृत्वकला प्रतियोगितामा महाकाली नगरपालिका र दार्चुला बुहुमुखि क्यामपसको आयोजना सम्पन्न भएको हो । 
वक्तृत्वकला प्रतियोगीताका अध्यक्ष तथा दार्चुला बुहमुखि क्यामपसका उप प्राध्यापक धाना धामीले सहिदको बलिदानिलाई सबैले स्वतन्त्रताको मसुस गर्न पाएको र अवको भविष्य हामी सबैको हातमा भएकाले सहितको सपना सकार पर्ने खालका काम गर्न आवश्यक रहेको बताएका छन । 
कार्यक्रममा बिएड दोस्रो बर्षमा अध्ययनरथ भुवनेश्वरी रैखोला प्रर्थम,

बिएड तेस्रो बर्षमा अध्ययन गर्ने सुरेन्द्र सिह धामी द्धितिय

र बिएड दोस्रो बर्षमा अध्ययनरथ उपेन्द्र सिह ठगुन्ना तृतिय भएका छन ।

तिनै जनालाई नगद रु २ हजार ,१५ सय र १ हजार प्रमाणपत्र दिएका हुन । प्रतियोगीतामा जम्मा १७ जनाले भाग लिएको थिए ।