क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता दार्चुलामा हुने 

५ बर्ष अघि

२0७५ फाल्गुन ८ बुधबार

क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता दार्चुलामा हुने 

ललित सामन्त,फागुन ८ दार्चुला  ।  सुदुरपश्चिम क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यस पटक दार्चुलाको महाकाली नगरपालिकामा सञ्चालन हुने भएको छ ।ुस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मूल नाराका साथ महाकाली नगरपालिकाको खुल्ला मञ्चमा यहि फागुन १७ गते देखि फागुन २० गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दार्चुलाका लेखापाल श्याम राज अवस्थीले बताउनु भयो ।

 प्रतियोगितामा प्रतिस्पर्धा गर्न दार्चुला,बैतडी,डडेल्धुरा ,अछाम,बझाङ,कैलाली,कन्चनपुर,डोटी,बाजुराका पुरुष भलिबल खेलाडीहरु क्षेत्रीय खेल खेल्नका लागि दार्चुला आउने पनि जिल्ला खेलकुद विकास समितिका लेखापाल अवस्थीले बताउनु भयो ।

दार्चुलामा क्षेत्रीयस्तरको खेल सञ्चालन हुनु जिल्लावासीका लागि गौरव भएको जिल्ला खेलकुद विकास समितिका लेखापाल श्याम राज अवस्थीले जानकारी दिनु भयो । २०७० सालमा आएको विनासकारी वाढीका कारण दार्चुलाको खुल्लामञ्च बगाएपछि क्षेत्रीय स्तरको खेलकुद पतियोगिता गर्ने लागेको यो पहिलो पटक हो । अहिले सम्म फिल्ड निर्माण गरी सकेको र क्षेत्रीय पुरुष भलिबलको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ ।