ललित सामन्त,फागुन ७ दार्चुला । राष्ट्रिय पजातन्त्र पार्टी दार्चुलाले मंगलबार जिल्ला कार्य समिति उपाध्यक्षमा गणेश सिह सामन्तलाई चयन गरेको छ । पार्टीको विधान अनुसार राप्रपा जिल्ला कार्य समितिले सामन्तलाई सर्वसहमत रुपमा चयन गरेको राप्रपा जिल्ला अध्यक्ष विर सिह बडालले बताउनु भयो ।
यो भन्दा पहिले चन्द्र बल्लभ जोशी पार्टीको उपाध्यक्ष रहेकोकोमा उपाध्यक्ष जोशीले पार्टी विपरीत काम गरेकाले पार्टीको साधारण सदस्य नरहने गरी पार्टी बाट हटाएको राप्रपा जिल्ला अध्यक्ष बडालले बताए । यस्तै आजै बसेको जिल्ला कार्य समितिको बैठकले महिला सदस्यमा मन्जु स्त्रीलाई पनि सर्वसहमत रुपमा चयन गरेको राप्रपाले जनाएको छ ।