नेपालीले आफ्नो भुमी कालापानी र्फिता पाउनु पर्ने भनि राप्रपाद्धारा २२ बुदेँ माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

नेपालीले आफ्नो भुमी कालापानी र्फिता पाउनु पर्ने भनि राप्रपाद्धारा २२ बुदेँ माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुलाेचना महता, फागुन ७ दार्चुला ।  राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले मंगलबार नेपालीले आफ्नो भुमी कालापानीलाई र्फिता पाउनुपर्छ भन्दैँ प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुदेँ माग राख्दैँ ज्ञापन पत्र बुझाएको छ । नेपाली भुमी कालापानी मात्र नभएर लिपुलेक, सुस्ता, लिम्पियाधुरा क्षेत्र लगायत भुमी र्फिता हुनुपर्ने राप्रपाले सरकारसँग माग गरेको छ ।

दार्चुलाको सीमा क्षेत्रमा अतिक्रमित नेपाली भुमी कालापानी क्षेत्रलाई र्फिता लिनका सरकारको ध्यान नगएको हुदाँ सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल गर्नुका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाईएको जिल्ला कार्य समिति अध्यक्ष विरसिँह बडालले बताए । दार्चुला जिल्लामा कालापानी क्षेत्रमा सुरक्षाकर्मीहरुको स्थायी बाँस पनि नरहेको हुदाँ त्यसको पनि व्यवस्था गर्नुपर्ने विरसिँह बडालले जानकारी दिए ।

नेपाल हिन्दु राष्ट्र भएकाले नेपालको संविधान उल्लेख गरेको धर्म निरपेक्षता संशोधन गरी नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने बडालले बताए । सरकारले सुखी नेपाली, समृद्ध राष्ट्रको अवधारणालाई आत्मसात गरी देश टुक्रयाउनेहरुलाई नियन्त्रण गरी अगाडी बढ्नु पर्ने राप्रपाले माग राखेको छ । देशमा धर्मको नाममा विभिन्न विकृति भित्रीदैँ गरेको तथा जर्बजस्ती धर्म परिवर्तन गराउने, भ्रष्टचार तथा कालोबजारी भइरहेको हुदाँ त्यसलाई नियन्त्रण गरी अगाडी बढ्नु पर्ने उनले बताए । नेपालले प्रस्तुत गरेको नक्सामा कालापानी देखि लिम्पियाधुरा क्षेत्र नेपालको ठहर भएपनि हाल सम्म पनि सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल गरेको छैन् । कालापानी क्षेत्रको विषयमा जिल्लामा मात्र नभएर केन्द्रीय सरकार सम्म चर्को विषयको रुपमा आवाज उठेको तथा समाचारमा आएको भएपनि सरकारको ध्यान जान सकेको छैन् ।