राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पुरानै राष्ट्रिय गाँनलाई प्राथमिकता दिने 

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पुरानै राष्ट्रिय गाँनलाई प्राथमिकता दिने 

ललित सामन्त,फागुन ७ दार्चुला । ६९ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले आज बाट पुरानो राष्ट्रिय गानलाई आफनो पार्टीको कार्यक्रममा भएको छ । आफु हिन्दु राष्ट्रलाई माया गर्ने र पुरानो राजसत्ता तर्फ आफनो पार्टी लागेकाले अबका दिनहरु बाट कार्यक्रमको उद्घाटन गर्दा पुरानो  राष्ट्रिय गितलाई प्राथमिकता दिने राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाका अध्यक्ष विर सिह बडालले बताउनु भयो ।

प्रजातन्त्रका लागि भएको सङ्घर्षमा शुक्रराज शात्री ,दशरथ चन्द,धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विःस १९९७ माघमा बलिदान दिनु भएको थियो । उनीहरुको सम्झनाको दिन आज राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पनि जिल्ला अस्पताल कार्यालय दार्चुलामा रहेका विरामीहरुलाई फलफुल वितरण गर्नुका साथै राजा श्री ५ त्रिभुवन विरविक्रम शाहको फोटोमा माल्यापण गरी जलपान कार्यक्रम गरि ६९ औँ प्रजातन्त्र दिवस मनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता अमर पुरुषले बताउनु भयो । श्रीमान गम्भीर नेपाली प्रचड प्रतापी भूपति ,श्री ५ को सरकार महाराजाधिराजको सदा रहोस् उन्नति ,राखून चिरायु ईशले, प्रजा ,लियोस पुकारौं जय प्रेमले ,हामी नेपाली साराले ,री सारा हराउन शान्त होउन सबै बिध्न व्यथा, गाउन सारा दुनियांले सहर्ष नाथको सुकीर्ति कथा, राखौं शासन, भारी वीरताले, नेपालमाथि सधैं नाथको श्री होस ठूलो हामी नेपालीको । यो राष्ट्रिय गानलाई आफनो पार्टीले पहिलो पाथमिकतामा राखेको जिल्ला अध्यक्ष बडालले जानकारी दिनु भएको छ ।