गोकुलेश्वर विमानस्थल बन्दः एक कर्मचारी तलब खादैँ

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

गोकुलेश्वर विमानस्थल बन्दः एक कर्मचारी तलब खादैँ

सुलाेचना महता, फागुन ७ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वाड नं. ९ गोकुलेश्वरमा रहेको विमानस्थल बन्द भएको झण्डै २५ वर्ष भएपनि सञ्चालनमा आउन सकेको छैन् । गोकुलेश्वर विमानस्थल बन्द हुदाँ उक्त विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्ट तलब खादैँ आइरहेका छन् । दार्चुला जिल्लाको चमेलिया नदिको किनारामा रहेको विमानस्थल वि.सं. २०४६ साल देखि सञ्चालनमा आएको हो । वि.सं. २०४७ साल देखि विमानस्थलमा कार्यालय सहयोगीको रुपमा अस्थायी दरबन्दीमा ८ सय ९० रुपैँया काम गरेको रामदत्त विष्टले बताए । त्यसपछि वि.सं. २०४८ असोज २८ गतेका दिन गोकुलेश्वर विमानस्थलमा कार्यालय सहयोगीको रुपमा स्थायी दरबन्दीमा नियुक्ति भएर पहिले पाउँने गरेको ८ सय ९० रुपैँया तलबको १० प्रतिशत हास्र कट्टी कटाएर ८ सय १ रुपैँया पारिश्रमिक पाउने गरेको गोकुलेश्वर विमानस्थलका विष्टले जानकारी दिए । त्यसैगरी वि.सं. २०५० साल देखि विमानस्थल बन्द भएपछी २ वर्ष जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट तलब प्राप्त गरेको दार्चुला उनले बताए । वि.सं. २०५५ सालमा गणेश सिङ र भीमदत्त पन्त ६ महिनाको तालिम लिएर अस्थाई कर्मचारी अपरेटरका रुपमा आएर ४ वर्ष सम्म काम गरेपछि वि.सं. २०५९ सालमा सरुवा भई नेपालगन्ज गएको हुदाँ नागरिक उड्डयन कार्यालय धनगडी र महेन्द्रनगरबाट तलब प्राप्त गरेको कार्यालय सहयोगी विष्टले बताउनु भयो । वि.सं. २०५९ साल देखि वि.सं. २०७५ असार महिना सम्मको तलब नागरिक उड्डयन कार्यालय नेपालगन्जबाट तलब प्राप्त गदैँ आएको उनले बताए । हाल वि.सं. २०७५ साल श्रावन महिना देखि नागरिक उड्डयन कार्यालय काठमान्डौँ हेड अफिसबाट १८ हजार ३ सय रुपैँया तलब खाइरहेका उनको भनाई छ ।

विमानस्थल जीर्ण बन्दैँ

२५ वर्ष देखि बन्द रहेको गोकुलेश्वर विमानस्थल जीर्ण बन्दैँ गएको छ । हाल सम्म विमानस्थल सुचारु नहुदाँ र बाँकी रहेको मैदान तथा सरकारी जग्गाको संरक्षण नहुदाँ गोकुलेश्वर विमानस्थल जीर्ण बन्दैँ गएको होे । गोकुलेश्वर विमानस्थलमा बाँकी रहेको जमिनमा स्थानीयहरुले जमिन मिचेर घरहरु बनाइरहेको, विभिन्न खेलहरु सञ्चालन हुने खेलमैदानका रुपमा परिणत भइरहेको, गाडीको रोड तथा गाईभँैसी चर्ने चौरको रुपमा परिणत हुदँै गएको विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्टले बताए । विमानस्थल सञ्चालनमा हुदाँ यात्रुहरुले एक हप्ता पहिले नै टिकट बुकिङ गर्ने तथा राति पनि टिकटको लागि लाइन लाग्ने गरेको विमानस्थल बन्द हुदाँ समग्र दार्चुलाको विकासमा प्रत्यक्ष परेको विष्टले बताए । गोकुलेश्वर विमानस्थलको व्यवस्थापनका लागि साविकको गोकुलेश्वर गाविसलाई पहल गरेको विष्टले भने, एक तर्फि प्रयासले नहुने तथा निति नियम तथा सरकारोवालाहरुको चासो नहुदाँ विमानस्थल जीर्ण बन्दैँ गएको हो । गोकुलेश्वर विमान स्थल पुनः सुचारु गर्नका मंसिर महिनामा प्राविधिक टोलीले निरक्षण गरेको थियो । विमानस्थल सञ्चाल गर्न केन्द्रय सरकारसंग आवश्यक पहल तथा सिफारिस गरेको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले जानकारी दिए । भने हाल स्थानिय सरकारसंग बजेट नभएर विमानस्थलको व्यवस्थापन गर्न नसकिएको उनले बताए । वि.सं. २०६२÷०६३ को आन्दोलनमा बन्द विमानस्थल रहेका सरसमानहरु नष्ट भएको थियो ।