स्थानीय तहमा बैंक नुहँदा आर्थिक कारोबार अझै जिल्ला केन्द्रीत 

६ बर्ष अघि

२0७५ जेष्ठ १८ शुक्रबार

स्थानीय तहमा बैंक नुहँदा आर्थिक कारोबार अझै जिल्ला केन्द्रीत 

दृष्टिकोण समाचार दार्चुला । राज्यको पुर्नसंरचना पछि बनेको स्थानीय तहहरुमा अझै संविधानले निदृष्ट गरेका अधिकारहरु पुर्ण रुपमा कार्यान्वयन हुन सकेका छैनन् । स्थानीय तहहरुमा कर्मचारी अभाव, भौतिक संरचना अभाव, समायोजन भएका विभिन्न निकायहरु पुर्नस्थापित हुन नसकेपछि अझै स्थानीय तहबाट प्रवाह हुने सेवाहरु सहज कार्यान्वयन हुन नसेका हुन् । 
आर्थिक बर्ष सम्पन्न हुन एक महिना बाँकी रहेका बेला आर्थिक कारोबार गर्न अझै जिल्ला मै जानु पर्ने अवस्था रहेको छ । दार्चुला जिल्लाका नौ वटा स्थानीय तहहरुमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त विभिन्न बैंक स्थापना गर्नको लागि एक बर्ष पहिले नै सुचिकरण भई सकेपनि हालसम्म कुनै पालिकामा बैंक स्थापना भईरहेका छन् भने कुनै पालिकामा बैंकहरु अझै स्थापना हुन बाँकी रहेका छन् । 
जिल्लाको महाकाली नगरपालिकामा नेपाल राष्ट्रबैंक, जनता बैंक, मेघा बैंक, नेपाल बंगलादेश बैंक, सनराईज, एनआईसी एसिया लगायतका बैंकहरु रहेका छन् । त्यस्तै शैल्यशिखर नगरपालिकामा जनता बैंक स्थापना भई कारोबार भईरहेको छ भने अन्य गाउँपालिकाहरु अझै बैंक विहिन छन् । 
नेपाल राष्ट्र बैंकले जिल्लाको मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्र्रे बैंक, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा जनता बैंक, मार्मा गाउँपालिकामा सनराईज बैंक, लेकम गाउँपालिकामा लक्ष्मी बैंक, दुँहुँ गाउँपालिकामा एभरेष्ट बैंक र व्याँस गाउँपालिकामा प्रभू बैंक स्थापना गर्ने गरी बैंकहरुले स्वीकृति समेत लिएका छन् । त्यस्तै र अपिहिमाल गाउँपालिकामा नेपाल बैंक बैंकको शाखा स्थापना गर्नेछ ।
मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंक स्थानपना हुँदै 
आर्थिक बर्ष समापन हुनै लाग्दा मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंकले आफ्नो शाखा स्थापना गर्न लागेको छ । बैंकले मालिकार्जुन गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ शंकरपुर पस्तीको बगौरामा घरभाडामा लिएर बैंक स्थापना गर्न लागेको हो । 
अहिले बंंैकले आवस्यक शाखा तथा  भौतिक व्यवस्थापन गरिरहेको छ । नयाँ आर्थिक बर्षबाट कारोबार सुरुगर्ने गरी काम थालेको बैंकले जनाएको छ । त्यसैगरी सनराईज बैंकले मार्मा गाउँपालिकामा आफ्नो शाखा स्थापना गरेको छ । जेठ १८ गते सनराईज बैंकको क्षेत्रीय कार्यालय धनगढीबाट आएको टोलीले बैंकिङ कारोबार सुरु गरेको हो ।