दार्चुलालाई पिछिडिएको क्षेत्रमा राख्न निर्वार्चित सांसद ठगुन्ना द्धारा संशोधन पत्र दर्ता 

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

दार्चुलालाई पिछिडिएको क्षेत्रमा राख्न निर्वार्चित सांसद ठगुन्ना द्धारा संशोधन पत्र दर्ता 

ललित सामन्त,फागुन ७ दार्चुला । दार्चुलालाई पिछिडिएको क्षेत्रमा राख्न दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाले मंगलबार प्रतिनिधि सभा निमावलीमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । 

संघिय निजामती सेवाको गठन सञ्चालन गर्न बनेको विधेयकको परिच्छेद ३ दफा ८ को उपदफा १ को स्पष्टिकरण खण्डमा यस उपदफाको लागि सुदुरपश्चिमका अरु जिल्ला अछाम,बाजुरा,बझाङ सुदुरपश्चिम बाहेक अन्य जिल्ला जुम्ला ,जाजरकोट,कालीकोट,हुम्ला लगायतका जिल्लाहरु दुर्गम क्षेत्रमा पर्ने र दार्चुला जस्तो विगट विकासका पुर्वाधारले पिछिडिएको दार्चुला जिल्लालाई थप गर्नु पर्ने माग राख्दै दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाकाके आजको दर्ता पत्रमा भनिएको छ ।

दार्चुला जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद गणेश सिह ठगुन्नाले दार्चुला जिल्लालाइ पिछडिएको क्षेत्रमा समावेस गर्न माग गर्नुभएको दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाका स्वकीय सचिव दौलत सिह ठगुन्नाले बताए ।हिजो  प्रतिनिधिसभाको बैकठमा बोल्दै सासंद ठगुन्नाले बिगतमा हचुवाको भरमा पिछडिएको जिल्ला छुट्टाउँदा दार्चुलाजस्तो बिकट र हिमाली जिल्ला समावेस नभएको भन्दै पिछडिएको क्षेत्रमा समावेश गर्न माग गर्नुभएको थियो ।