६९ औँ प्रजातन्त्र दिवस दार्चुलामा पनि मनाइयो 

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

६९ औँ प्रजातन्त्र दिवस दार्चुलामा पनि मनाइयो 

ललित सामन्त फागुन ७ दार्चुला । प्रजातन्त्र स्थापना भएको सम्झनामा मंगलबार दार्चुलामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले ६९ औँ प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्रका लागि भएको सङ्घर्षमा शुक्रराज शात्री ,दशरथ चन्द,धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विःस १९९७ माघमा बलिदान दिनु भएको थियो । उनीहरुको सम्झनाको दिन आज राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पनि जिल्ला अस्पताल कार्यालय दार्चुलामा रहेका विरामीहरुलाई फलफुल वितरण गर्नुका साथै राजा श्री ५ त्रिभुवन विरविक्रम शाहको फोटोमा माल्यापण गरी जलपान कार्यक्रम गरि ६९ औँ प्रजातन्त्र दिवस मनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता अमर पुरुषले बताउनु भयो ।    
एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।
नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । प्रजातन्त्र स्थापना भएको सम्झनामा आज  दार्चुलामापनि  विविध कार्यक्रम गरीका साथ ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।