दार्चुला महोत्सव औपचारीक रुपमा समापन,४ लाखसम्म नाफा भएको बाणिज्य संघको अनुमान  

५ बर्ष अघि

२0७५ फाल्गुन ६ सोमबार

दार्चुला महोत्सव औपचारीक रुपमा समापन,४ लाखसम्म नाफा भएको बाणिज्य संघको अनुमान  

ललित सामन्त,फागुन ५ दार्चुला । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७५ आइतबार औपचारिक रुपमा समापन भएको छ । दार्चुला उद्योग वाणिज्य संघद्धारा माघ २५ गते उद्घाटन गरिएको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव  आइतबार अर्थात फागुन ५ गते समापन गरिएको हो ।
‘अपिनाम्पा चौलानी र महाकालीको काख, कैलाश मालिकार्जुनको आगन दार्चुलाको शाख” भन्ने नारा सहित उद्योग वाणिज्य संघ दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा दार्चुला महोत्सव सञ्चालन गरेको थियो जस्समध्ये दार्चुला उद्योग वाणिज्य संघलाई २ लाख देखि ४ लाख  सम्मको नाफा भएको दार्चुला उद्योग बाणिज्य संघका सचिव सर्प राज बडुले बताउनु भयो ।   ।
दार्चुला महोत्सवमा  जिल्लाका विभिन्न स्थानका भेषभुषाको कला संस्कृति झल्किने खालका विभिन्न झांकी प्रदर्शन गरिएको थियो भने २२ धार्नी अर्थात् ५५ किलोको पुरातन दमाहा बाजा पनि प्रदर्शन गरिएको छ । । जिल्लाका सबैजसो स्थानीय तहको भेषभुषा र संस्कृति झल्किने खालको छलिया नाँच तथा झांकी प्रदर्शन गरिएको थियो ।


दार्चुलाबाट निर्वार्चित सांसद एवम प्रतिनिधि सभासदस्य गणेश सिह ठगुन्नाले उद्घाटन गरेका थिए । दार्चुला महोत्सवमा स्थानीय कलाकारहरु देखि लिएर राष्ट्रिय कलाकारको पनि सहभागिता रहेको थियो ।  यस्तै महोत्सवमा भारतीय कलाकारहरुको पनि सहभागिता रहेको थियो । यस्तै दार्चुलाको महाकाली नगरपालिका उप संयोजक रहेको थियो अन्य ८ वटा स्थानीय तह सहआयोजक रहेका थिए ।  
  दार्चुला महोत्सवमा यस वर्ष भने १ सय ५१ स्टलहरु रहने भएका छन् ।यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीएको, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराएको थियो ।  यस्तै यस पालिको  मेलामा  ५० हजार  भन्दा वढिदर्शकहरुले हेरेको पनि वाणिज्य संघका सचिव बडुल बताउनु भयो । दार्चुला महोत्सवको समापन दार्चुलाबाट  निर्वार्चित सांसद दिलेन्द्र स्रसाद बडुको प्रमुख आर्थित्यता तथा महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भटको विशिक्ष्ट आर्थित्यतामा दार्चुला महोत्सव समापन गरीएको थियो