राष्ट्रिय प्रजातन्त्र पार्टीले ६९ औँ प्रजातन्त्र दिवस मनाउने 

५ बर्ष अघि

२0७५ फाल्गुन ६ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६९ औँ प्रजातन्त्र दिवस मनाउने 

ललित सामन्त,फागुन ६ दार्चुला ।   सरकारले ६९ औँ प्रजातन्त्र दिवस भोली देशैभर मनाउने निर्णय गरे संगै दार्चुलामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली जिल्ला अस्पताल कार्यालय दार्चुलामा रहेका विरामीहरुलाई फलफुल वितरण गरी ६९ औँ राष्ट्रिय दिवस मनाउने भएको छ । 
 २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय भए संगै दार्चुलामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली प्रजातन्त्र दिवस मनाउने निर्णय भएको हो ।   
यस्तै, फागुन ७ गते मुख्य दिन राजा श्री ५ त्रिभुवन विरविक्रम शाहको फोटोमा माल्यापण गरी जलपान कार्यक्रम गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता अमर पुरुषले जानकारी दिनु भएको छ ।