दार्चुला आइडलको उपाधी मोहन विकलाई

५ बर्ष अघि

२0७५ फाल्गुन ५ आईतवार

दार्चुला आइडलको उपाधी मोहन विकलाई

दृष्टिीकोण समाचार फागुन ५ दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक स्थापना भएको दार्चुला कला केन्द्रको संयोजन र दार्चुुला जिल्ला क्रियाशिल संस्था फेबरेट मिडियाले आयोजनामा भएको दार्चुला आइडलको उपाधि दार्चुलाको महाकाली नगरपालिकाका वाड नम्बर १ छापरी बस्ने मोहन विकले दार्चुला आइडलको प्रथम उपाधि हात पारेका छन् ।
 माघ ८ गते देखि सञ्चालन भएको पहिलो राउण्डको चरणमा महाकाली नगरपालिका बाट माघ २० गते जिल्ला सदरमुकाम खलंगामा भएको स्थानीय तहकोे अन्तिम राउण्डको छनोट भएका विकले दोस्रो राउण्डको लागि माघ २४ गते जिल्ला सदरमुकाम क्षेत्रमा सुर्य प्रकाश होटेलमा भएको राउण्डमा पनि मोहन विकले तेस्रो राउण्डको लागि दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवकाका लागि जम्मा ४८ जना मध्ये १० जना मात्रै समेटीएका थिए । यी मध्ये लोक आइडलका लागि ५ जना मात्रै छनोट भएका हुन । जसमध्ये मोहन विक,राकेश गौतम , मनोज लोहार र मात्रै लोक आइडलको लागि छनोट भएका छन् । यस मध्ये रुमावती बुढाथोकी ,धनी साउद पनि सहभागिता जनाउने भएको आयोजकले जनाएको छ ।