दार्चुलाको सञ्चार सेवा तेस्रोदिनबाट सुचारु

५ बर्ष अघि

२0७५ फाल्गुन ५ आईतवार

दार्चुलाको सञ्चार सेवा तेस्रोदिनबाट सुचारु

 ललित सामन्त,फागुन ५ दार्चुला । दार्चुलाको सञ्चार तेस्रो दिनबाट मात्रै सुचारु भएको छ । शुक्रबार देखि मौसममा बदली भएपछि दार्चुला जिल्ला भरीको सञ्चारक्षेत्र आइतबार विहान देखि सुचारु भएको हो । जिल्लाको मुख्य रिपिटर टावरको रुपमा रहेको दार्चुलाको मालिकार्जुन गाउँपालिका वाड नम्बर २ भगवतीको बालिशिखर स्थित टावरमा सोलार बाट जिल्लाको सञ्चार माध्यम जडान गरीएको भएकाले जिल्लाको सञ्चार क्षेत्र घामको भरमा चल्दै आएको छ । नमस्ते, स्काई मोबाईल, एडिएसएल इन्टरनेट लगायत सबै किसिमका सेवा बन्द रहेको   भएता पनि आइतबार विहान देखि घाम परेपछि विहानै देखि सञ्चार क्षेत्रमा केही सुधार भएको  नेपाल टेलिकम दार्चुलाले जनाएको छ । 
टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुदा सरकारी गैरसरकारी, बैंक स्थानीय रेडियो, अनलाइन मिडियाहरुलाई समाचार सम्पे्रसण गर्नेमा समस्या हुने गरेको छ ।  नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावकारी नहुदाँ नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गरिरहेका छन्। नेपाल टेलिकमको अगुणस्तरिय सेवाबाट हैरानी खेपिरहेका दार्चुला जिल्ला सदरमुकाम खलंगाका नागरिकहरु भारतीय सीमकार्ड प्रयोग गर्न बाध्य छन्। भारतिय सिमकार्ड बाट इन्टरनेट सेवा दुर्त गतिमा चल्ने भएकाले नेपाल टेलिकमका ग्राहकहरु भारतीय सीमकार्ड प्रति आकर्षित भएका हुन्।
जिल्लामा संचालित अधिकास टेलीफोन टावरहरुमा विधुतिकरण नहुदा सोलारको भरमा संचालनमा रहेका छन्। घाम लागेको बेलामा मात्रै संचालनमा आउने तथा बादल लागेको बेला बन्द अवस्थामा रहने गरेका छन्।