लागुऔषद व्यवस्थापन गर्ननसके पाचँ वर्षपछि भयाबह स्थिति आउनसक्छ प्रहरी प्रमुख अधिकारी 

५ बर्ष अघि

२0७५ फाल्गुन ३ शुक्रबार

लागुऔषद व्यवस्थापन गर्ननसके पाचँ वर्षपछि भयाबह स्थिति आउनसक्छ प्रहरी प्रमुख अधिकारी 

ललित सामन्त,फागुन ३ दार्चुला । विदाई भएर गएका प्रहरी प्रमुख नवराज अधिकारीले विदाई कार्यक्रममा बोल्दै दार्चुलाका अधिकांश क्षेत्रमा लागुऔषधी विक्री वितरण हुने गरेको र त्यसलाई रोक्न एक्लै प्रहरीले नसक्ने हुनाले सबैक्षेत्रबाट सहयोगका हातहरु अगाडी बडाएमा मात्रै दार्चुला जिल्लाको लागुऔषद व्यवस्थापन गर्ने सकिने कसैले यस विषयमा चासो नदेखाए अवको पाचँ वर्षपछि दार्चुला जिल्लामा लागुऔषदको स्थिति भयाबह हुने प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो । विदाई कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताएका हुन ।साथै उनले दार्चुला जिल्लामा जम्मा नौ महिनामा धेरै उल्लेखनिय काम गरेको पनि बताउनु भयो ।
 दार्चुलाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहदा उनले जिल्ला भरिको शान्ती सुरक्षा कायम राख्नुका साथै सदरमुकाम खलंगाको मदिरा ब्यवस्थापन, त्रिदेशिय सिमा नाका लिपुलेकको स्थलगत अवलोकन, समुदाय प्रहरी साझेदारी कार्यक्रमको विस्तार, लगायत चोरी सिकारी नियन्त्रण प्रमुख उपलब्धी रहेका छन् । आज शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा भएको विदाइ कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्ट, नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष गणेष खत्री ९ पावेल०, नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिहँ बोहरा, राप्रपाका जिल्ला अध्यक्ष विर सिहँ बडाल, विवेकसिल साझा दार्चुलाका संयोजक चक्र बमं, लगायत विद्यायलयका प्रमुद एबं जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।