विभिन्न बैठकहरुबाट प्राप्त भएको खाजा भत्तालाइ संकलनगरी गरीव जेहेदार विद्यार्थीहरुलाई सहयोग प्रहरी प्रमुख अधिकारी 

५ बर्ष अघि

२0७५ फाल्गुन ३ शुक्रबार

विभिन्न बैठकहरुबाट प्राप्त भएको खाजा भत्तालाइ संकलनगरी गरीव जेहेदार विद्यार्थीहरुलाई सहयोग प्रहरी प्रमुख अधिकारी 

ललित सामन्त,फागुन ३ दार्चुला । विगत नौ महिना देखि दार्चुला जिल्लाको प्रहरी प्रमुख दार्चुलाका प्रहरी प्रमुख  नायब उपरिक्षक नवराज अधिकारी दार्चुलामा विताएको ९ महिने कार्यकालमा विभिन्न बैठकहरुबाट प्राप्त भएको खाजा भत्तालाइ संकलन गरी गरीव जेहेनदार विद्यार्थीलार्य सहयोग गरेका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आयोजना गरेको अधिकारीको विदाइ कार्यक्रममा उनले दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा अध्ययनरत विद्यार्थी उर्मीला साहु लाइ नगद १० हजार २ सय तथा महेन्द्र नमुना माद्ययमीक विद्यालयको प्राविधिक धारमा अध्ययनरत विद्यार्थी यादब ओखेडालाइ नगद ९ हजार ६ सय ४० रुपैया सहयोग गरे ।
 
दार्चुला प्रहरी प्रमुखको भुमिकामा २०७५ जेठ ४ गते आफ्नो जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरिक्षक अधिकारीको २०७५ माघ २६ गतेको प्रहरी प्रधान कार्यालयको बढुवा सिफारीसमा प्रहरी उपरिक्षकमा बढुवा भएपछि उनको विदाइ गरीएको हो । सो अवसरमा उनको यो समाजिक कामको सहभागी सवेले प्रशंसा गरेका थिए ।
दार्चुलाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहदा उनले जिल्ला भरिको शान्ती सुरक्षा कायम राख्नुका साथै सदरमुकाम खलंगाको मदिरा ब्यवस्थापन, त्रिदेशिय सिमा नाका लिपुलेकको स्थलगत अवलोकन, समुदाय प्रहरी साझेदारी कार्यक्रमको विस्तार, लगायत चोरी सिकारी नियन्त्रण प्रमुख उपलब्धी रहेका छन् ।

आज शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा भएको विदाइ कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्ट, नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष गणेष खत्री ९ पावेल०, नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिहँ बोहरा, राप्रपाका जिल्ला अध्यक्ष विर सिहँ बडाल, विवेकसिल साझा दार्चुलाका संयोजक चक्र बमं, लगायत विद्यायलयका प्रमुद एबं जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।छोटो समयमा प्रहरी प्रमुख नवराज अधिकारीले मुख्य  समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी नियन्त्रणमा महत्वपूर्ण भुमिका निभाउनु भएको थियो ।
जिल्लाको प्रमुख सामाजिक समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी नियन्त्रणको लागि विशेष सक्रियता जनाउनु भएका प्रहरी प्रमुखले जिल्लाको विभिन्न नाकामा कडाई संगै प्रयोगकर्ता र कारोबारीलाई ठूलो मात्रमा कार्वाहि गर्नु भएको थियो ।