महाकाली नदीमा बगेर  एक महिला बेपत्ता ।।

६ बर्ष अघि

२0७५ जेष्ठ १६ बुधबार

महाकाली नदीमा बगेर  एक महिला बेपत्ता ।।

दृष्टीकोण समाचार दार्चुला ,
दार्चुला जिल्लाको महाकाली नगरपालीका वडा नं. ४ को डुमपानी भन्ने ठाउमा महाकाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छन  । 
महाकाली नगरपालिकाको वडा नं.४ बस्ने हिक्मत निरौलाकी आन्दाजी  ३२ वर्षकी श्रीमती लक्ष्मी निरौला  बुधबार बेलुकी ६ बजे महाकाली नदीमा बगेर बेपत्ता भएकी हुन । 
बगेकी महिलाको खोजीकार्य चलिरहेको र अहिले सम्म पनि सव फेला नपरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयहरुले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।